सलमान खान अभिनीत ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा

विदुर खबर २०७८ वैशाख ३१ गते १०:३७

नुवाकोट । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ ।

Advertisement

प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।  मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण भएको उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११ (एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ ।

ग्राहकले फिल्म हेर्न आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गरेर अथवा क्लियर टीभीको वेबसाइटबाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्नेछन् ।

Advertisement

प्रतिक्रिया