प्रधानमन्त्री ओलीको शपथ आज दिउँसो २:३० बजे
नुवाकोट । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पद तथा गोपनियताको शपथ लिनु हुनेछ ।
प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीवार उक्त पदमा पुन: नियुक्त गर्नुभएको छ ।
तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २:३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । शुक्रवार नै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिइएको छ ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गर्नुभएको थियो ।
उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि ती दल असफल भएका थिए । उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को ९३० बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा
वामदेव समूह आक्रोशित, नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार
बालेन अब रास्वपाकाे वरिष्ठ नेता,गरे पदभार ग्रहण





प्रतिक्रिया