त्रिशुली अस्पतालमा पिसिआर परिक्षण बन्द
विदुर खबर
२०७८ वैशाख ३० गते १८:५७

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा एक हप्ताको लागि आरटी पिसिआर परिक्षण बन्द गरिएको छ ।
अस्पतालको प्रयोगशालामा कोभिड –१९ परिक्षणको स्वाव अत्याधिक मात्रामा संकलन भएकोले आरटी पिसिआर परिक्षण बन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले वैशाख ३० गतेदेखि एकसाताको लागि पिसिआर परिक्षण बन्द गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
अस्पतालले एक हप्ताको लागि पिसिआर परिक्षण स्थगन गरेकोले अन्य वैकल्पीक उपाय अपनाउन जिल्लाका विभिन्न स्थानिय तहहरुलाई आग्रह गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Advertisement
सम्बन्धित
प्रतिक्रिया