हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

विदुर खबर २०७८ वैशाख ३० गते १८:००

नुवाकोट ।  हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ ।

Advertisement

बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए ।

अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताए । दुई बैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक बन्नेछ । यद्यपि, यी बैंकहरु कहिलेसम्ममा मर्ज भई एकीकृत कारोबार गर्ने भन्ने यकीन भइसकेको छैन ।

Advertisement

हिमालयन बैंकका अध्यक्ष गौतम सकेसम्म चाडो एकीकृत कारोबार हुने गरी काम अघि बढ्ने बताउँछन् ।

सबैभन्दा ठूलो बैंक बन्ने

Advertisement

दुई बैंक आपसमा गाभिएपछि नेपालमा वाणिज्य बैंकको संख्या २६ मा झर्नेछ । दुई बैंक एक भएपछि कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्ने छ ।

बिहीबार दुबै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । यसैगरी शाखा संख्या १५२ र कर्मचारी संख्या २५ सय भन्दा बढी पुग्नेछ ।

मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।

मर्जरपछि संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै सबल बैंकको रुपमा वित्तीय बजारमा स्थापित हुने लक्ष्य राखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया