बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द गर्न बीमा समितिको निर्देशन

विदुर खबर २०७८ वैशाख २९ गते २१:१६

नुवाकोट । बीमा समितिले बीमा कम्पनीहरुको शाखा कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।

Advertisement

काठमाडौं उपत्यकामा कोभिड १९ को दोस्रो लहर बढेको भन्दै शाखा कार्यालयहरु बन्द गर्न निर्देशन दिएको हो । समितिले बैशाख २९ गते राति १२ बजे देखि जेठ १३ गते सम्मको काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएकोले त्यस अवधिको लागि शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको हो ।

तर बीमा कम्पनीहरुको केन्द्रिय कार्यालय सञ्चालन गर्न र बीमा सेवा प्रदान गर्न जनस्वास्थ्य तथा सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गरी १० जनासम्मको कर्मचारीबाट सेवा प्रवाह गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । बीमा सेवा सुचारु गर्नको लागि बीमा समितिबाट बीमा कम्पनीहरुका लागि पहेलो रंगका सवारी पास उपलब्ध हुनेछ ।

Advertisement

काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी सेवा प्रवाह गर्न समितिले निर्देशन दिएको छ ।

यस्तै समितिले विद्युतीय माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । बीमाशुल्क भुक्तानी गर्न नसकिने भएमा बीमाशुल्क संकलन कार्य निषेधाज्ञा अवधि समाप्त भएको १५ दिन सम्म व्याज नलिइ संकलन गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

Advertisement

निषेधाज्ञा अवधिको समय भित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको आधारमा बीमालेख नवीकरण हुने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया