जनताले तिरेको कर नगरबासीको बिकासको लागि नै भएको उपप्रमुख गिता दाहालको भनाई

विदुर खबर २०७५ साउन १४ गते १५:५७

विदुर, विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट पारित गरेको एकिकृत सम्पत्ति करलाई जनताको चाहाना अनुरुप संशोधन गर्ने संकेत गरेको छ ।

Advertisement

नगरपालिकाले एकिकृत सम्पत्ति कर बढाएको भन्दै नगरवासीले विरोध जनाएपछि लगाएको एकिकृत सम्पत्ति करको विषयमा संशोधन गरेको विदुर नगरपालिकाका उपमेयर तथा राजश्व समितिका प्रमुख गिता दाहालले बताउनुभएको छ । बिदुर नगरपालिकाका उपमेयर दाहालले ८० प्रतिशत जनताले नगरपालिकाले लगाएको एकीकृत सम्पति करलाई स्वीकार गरेको दाबी गर्दै केही स्थानीयवासीहरु मर्कामा परेको र जनभावना अनुसार नगरपरिषदकोे बैठकले गरेको निर्णय परिमार्जन गर्ने संकेत गर्नुभएको हो । उहाँले अब नगरपालिकाबाट कार्यान्वायन हुने कानुन संघ र प्रदेशसँग नबाजिने बनाउने प्रक्रिया भैरहेको जानकारी दिनुभएको छ ।

Advertisement

यस्तै, उहाँले नगरपरिषदले बढाएको करले नगरपालिकाका ग्रामीण भेगका केही जनता मर्कामा परेको स्वीकार गर्दै नगरपलिकाले छिट्टै बैकल्पिक निर्णय गर्ने बताउनुभएको छ । उहाँले करको विषयमा विदुर नगरपालिका महत्वकांक्षी नभएको भन्दै आफुहरुले जनतालाई विकास निर्माणको काममा योगदान दिन र जिम्मेवार बनाउन केही मात्रामा कर लगाएको बताउनुभएको छ । उहाँले जनताले तिरेको कर नगरपालिकाको बिकास र नगरबासीको सुबिधाका लागी नै तिरेको भन्ने चेतना जनतामा जगाउन आबश्यक रहेको बताउनुभएको छ ।

उहाँले नगरपालिकाको दिगो विकासको लागि जनताको सहभागिता विना संभव नभएको भन्दै जनसहभागिता बढाउन करको दायरामा मात्र ल्याउन खोजेको धारणा ब्यक्त गर्नुभएको छ । विदुर नगरपालिकाले एकिकृत सम्पत्ति कर बढाएको भन्दै अहिले जिल्लाभर विरोध भइरहेको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आन्दोलन समेत गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया