सान्जेन जलविद्युतको घाटा झनै बढ्यो
नुवाकोट । सान्जेन जलविद्युत आयोजनाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घाटा झनै बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी २ करोड १२ लाख रुपैयाँले घाटामा रहेको देखिएको छ। गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ५ लाख घाटामा रहेको कम्पनीले यस वर्ष थप घाटा व्यहोर्नुपरेको छ।
कोभिड १९ को असरले गर्दा आयोजनको निमार्ण अवधि लम्बिदै जाँदा लागत पनि बढ्दै गएको छ। यसले गर्दा कम्पनीको घाटा समेत बढेको हो। हाल ३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडाकोष १५ करोड ८७ लाख ऋणात्मक छ। उसको ४ अर्ब ८५ करोड रुपैयाँ दीर्घकालीन ऋण छ। विवरण अनुसार चैत मशान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८६ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ छ।
कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । हालसम्म माथिल्लो सान्जेनको ९० प्रतिशत तथा सान्जेनको ७९ प्रतिशत भौतिक काम सकिएको वित्तीय विवरणमा उल्लेख छ। विवरण अनुसार माथिल्लो सान्जेनको २०७८ पुससम्म र सान्जेनको २०७९ अषाढ मसान्तसम्मा काम सम्पन्न भई संचालनमा आउने अनुमान छ।
सान्जेनको निर्माण अवधिको ब्याज बाहेक ५ अर्ब २ करोड र माथिल्लो सान्जेनको २ अर्ब २१ करोड गरी कुल ७ अर्ब २४ करोड लागत अनुमान गरिएको थियो । तरआयोजना निर्माणको अवधि लम्बिदै जाँदा लागत थप बढ्ने देखिएको कम्पनीले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया