गेर्खुमा कोरोना संक्रमित बढ्दै
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा कोरोना संक्रमित बढ्दै गएका छन् ।
सोमवार वडामा २४ जनाको पिसिआर परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको विदुर नगरपालिकाका जनस्वास्थ्य निरिक्षक तथा कोभिड १९ फोकल पर्सन रामराजा भण्डारीले जानकारी दिए ।
यस्तै ४ जनाको एन्टिजेन परिक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएको उनले बताए ।
यससँगै गेर्खुमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । संक्रमितमध्ये २ जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सरकारले काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण बढेसँगै आह्वान गरेको निषेधाज्ञा अघि काठमाण्डौ छाडेर नुवाकोट घर फर्कनेहरुको लर्काे लागेको थियो ।
तर सर्वसाधारणले सुरक्षा सर्तकता नअपनाउँदा गेर्खुमा कोरोनाले भयावह रुप लिएको एक स्थानिय बताउँछन् । गेर्खुमा जुवातास र जाँडरक्सी खानकै लागि पसलमा जम्मा भएकाहरुको कारण कोरोना फैलने चिन्ता रहेको स्थानिय कालिका माविका एक शिक्षकले बताए ।
यस्तै वडाध्यक्ष तोयानाथ तिम्सिनाले पनि सबैलाई भिडभाड नगर्न र सुरक्षा सर्तकता अपनाउन आग्रह गरेको बताएका छन् । वडामा ३० जनाभन्दा बढी संक्रमित देखिएसँगै वडा शिल गर्ने तयारी गरेको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया