चिलिमेको खुद नाफामा सामान्य गिरावट

विदुर खबर २०७८ वैशाख २९ गते ८:५९

नुवाकोट । चिलिमे को खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सामान्य प्रभावित भएको छ ।

Advertisement

चिलिमेको खुद नाफा १.९४% ले घटेर तेस्रो त्रैमासमा ५१ करोड ५४ लाख ३१ हजार रुपैयाँमा आएको छ । गत वर्षको यसै अवधिमा भने चिलिमेले ५२ करोड ५६ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चिलिमेको विद्युत बिक्रीबाट आम्दानी ०.६९% ले बढेर ८० करोड ९२ लाख २५ हजार रुपैयाँ पुगेको छ ।  

गत वर्ष विद्युत बिक्रीबाट ८० करोड ३७ लाख १९ हजार रुपैयाँ आम्दानी भएको थियो । विद्युत बिक्रीबाट आम्दानी सामान्य बढेपनि सञ्चालन तथा मर्मतसम्भारमा खर्च बढेको छ । जसका कारण सञ्चालन नाफा १.७३% ले घटेर ५५ करोड १८ लाख ५८ हजार रुपैयाँमा आएको छ । यस्तै, ब्याज आम्दानी पनि ११ करोड ५१ लाख रुपैयाँबाट घटेर १० करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ ।

Advertisement

जसका कारण समग्र नाफामा नकारात्मक असर परेको छ । चिलिमेले बैंक मौज्दात बढेपनि ब्याजदर न्यून भएकाले ब्याज आम्दानी घटेको विश्लेषण गरेको छ । हाल यसको चुक्ता पुँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ र रिटेन्ड अर्निङ ३ अर्ब ६७ करोड २० लाख ४३ हजार रुपैयाँ रहेको छ ।

यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४७ पैसा छ । गत वर्ष भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा र नेटवर्थ १७१ रुपैयाँ ३३ पैसा थियो ।

Advertisement

प्रतिक्रिया