प्रधानमन्त्रीकाे रुपमा केपी ओलीकाे सम्झना आईरहनेछ: राप्रपा अध्यक्ष कमल थापा

विदुर खबर २०७८ वैशाख २७ गते ८:५०

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीकाे रुपमा केपी ओलीकाे सम्झना भैरहने बताउनु भएकाे छ।

Advertisement

प्रधानमन्त्री ओलीले संसदमा विश्वासकाे मत लिनु भन्दा अगाडि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै संसदीय हिसाबमा कमजाेर बनेका प्रधानमन्त्रीले अबका केही घण्टामा नाटकीय परिवर्तन नभए विश्वासकाे मत गुमाउनु हुने र राजीनामा आउन सक्ने तर विवाद र असफलताका बाबजुत लिम्पियाधुरा समेटिएकाे नेपालकाे नक्सा प्रकाशित गर्नु र देशलाई विखण्डन गरि छुट्टै मधेस राष्ट्र निर्माण गर्नु पर्ने विखण्डनकारी माग बाेकेकाे सिके राउतलाई मुलधारमा ल्याउने कामका लागि सधैं प्रधानमन्त्री ओलीकाे सधैं सम्झना आउने छ।

राप्रपा अध्यक्ष थापा लेख्नुहुन्छ : “नाटकिय परिवर्तन भएन भने आज प्रमले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला,फेरि प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद/असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ” आज बस्ने प्रतिनिधिसभाकाे विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओेलिले आफुलाई विश्वासकाे मत माग्नु हुनेछ।

Advertisement

तर उहाँकै पार्टी नेकपा(एमाले)का करिब दुई दर्जन सांसद्ले अबकाे केही घण्टामा मै राजीनामा दिने र नेपाली काँग्रेस , माओवादी केन्द्रले विश्वासकाे मत नदिने प्रष्ट पारिसकेका छन् भने जनता समाजवादी पार्टीले विश्वासकाे मत दिने र नदिने विषयमा आफ्ना सांसद्हरुलाई स्वतन्त्रता दिएकाे जनाएकाे छ।

प्रतिक्रिया