चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

विदुर खबर २०७८ वैशाख २६ गते २१:५२

नुवाकोट । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। 

Advertisement

आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो।  हाललाई काठमाण्डौ उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन्।

Advertisement

एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१–५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाइल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिनेछ। 

प्रतिक्रिया