नुवाकोटमा सक्रिय कोराना संक्रमितको संख्या ५ सय नाघ्यो

विदुर खबर २०७८ वैशाख २६ गते २१:२४

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पद्धिल्लो २४ घण्टामा जिल्लामा ७२ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघेर ५ सय ७ पुगेको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले अनुसार पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये विदुर नगरपालिकाको मात्रै ३० जना रहेका छन् । यस्तै तारकेश्वर गाउँपालिकामा १४ जना,बेलकोटगढी नगरपालिकामा ८ जना र तादी गाउँपालिकामा ७ जना रहेका छन् ।

Advertisement

यस्तै अन्यमा म्यागङ गाउँपालिकाका ५ जना, किस्पाङ गाउँपालिकाका ४ जना, दप्चेश्वर गाउँपालिकाका २ जना र लिदु गाउँपालिकाका एकजना रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ७ सय ३७ पुगेको छ । यस्तै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार २ सय २८ पुगेको छ ।

Advertisement

नुवाकोटमा अहिलेसम्म कोरोना संक्रमणको कारण दुई जनाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हालसम्म नुवाकोटमा झण्डै ११ हजार जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया