नुवाकोटमा सक्रिय कोराना संक्रमितको संख्या ५ सय नाघ्यो
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पद्धिल्लो २४ घण्टामा जिल्लामा ७२ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघेर ५ सय ७ पुगेको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले अनुसार पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये विदुर नगरपालिकाको मात्रै ३० जना रहेका छन् । यस्तै तारकेश्वर गाउँपालिकामा १४ जना,बेलकोटगढी नगरपालिकामा ८ जना र तादी गाउँपालिकामा ७ जना रहेका छन् ।
यस्तै अन्यमा म्यागङ गाउँपालिकाका ५ जना, किस्पाङ गाउँपालिकाका ४ जना, दप्चेश्वर गाउँपालिकाका २ जना र लिदु गाउँपालिकाका एकजना रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ७ सय ३७ पुगेको छ । यस्तै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार २ सय २८ पुगेको छ ।
नुवाकोटमा अहिलेसम्म कोरोना संक्रमणको कारण दुई जनाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हालसम्म नुवाकोटमा झण्डै ११ हजार जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया