त्रिशूली अस्पतालमा अक्सिजन उत्पादन सुरु

विदुर खबर २०७८ वैशाख २६ गते २१:११

नुवाकोट । वाग्मती प्रदेशका पाँच जिल्ला अस्पतालमा ठूलो परिमाणमा अक्सिजन उत्पादन गर्न सकिने प्लान्ट जडान गरिँदै छ ।

Advertisement

प्रदेशको सामाजिक विकास मन्त्रालयले सिन्धुलीको जिल्ला अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा प्लान्ट जडान गरी उत्पादनसमेत भइरहेको र मकवानपुर, भक्तपुर र धादिङमा भने प्लान्ट जडानको प्रक्रियामा रहेको जनाएको छ ।

‘प्रदेश सरकारले एउटा अक्सिजन प्लान्ट राख्न ८० लाख रुपैयाँ खर्च गर्दै छ,’ मन्त्रलायका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले भने, ‘सिन्धुली अस्पताल र त्रिशूली अस्पतालमा उत्पादनसमेत थालिएको छ । धादिङ र भक्तपुरमा प्लान्ट राख्न सम्झौता भई निर्माणको अन्तिम चरणमा छ ।’ उनका अनुसार प्रदेश राजधानी हेटौंडामा समेत प्लान्ट राखेर अक्सिजन उत्पादन गरी बिक्री गर्ने योजना मन्त्रालयको छ । अहिले हेटौंडा अस्पतालमा बिरामीका लागि अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुँदै आइरहेको छ ।

Advertisement

कोरोनाको दोस्रो लहर तीव्र भइरहे पनि प्रदेशमा अक्सिजन अभाव नहुने उनको दाबी छ । ‘केही समयमै पाँचै अस्पतालबाट अक्सिजन उत्पादन भएर सिलिन्डरमा भरेर अन्यत्र लैजान सकिनेछ,’ उनले भने । उनका अनुसार स्वास्थ्य आपर््तूि तथा व्यवस्थापन केन्द्र वाग्मती प्रदेशमा हाल ठूलो सिलिन्डर ८० थान मौज्दात छ ।

केन्द्र सरकारबाट पनि अक्सिजन सिलिन्डर उपलब्ध हुने क्रममा छ । प्रदेश सरकारले पनि सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको छ । ‘हामीले अक्सिजनको अभाव नै नहोस् भनेर काम गरिरहेका छौं,’ उनले भने, ‘सकभर त्यस्तो समय नआए पनि हामी तयारी अवस्थामै छौं ।’ पाँचै अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएपछि करिब १ हजार जनालाई अक्सिजन सिलिन्डर दिन सकिने डा. सेढार्इंको अनुमान छयता नुवाकोटको त्रिशूली अस्पतालले एक महिनादेखि अक्सिजन उत्पादन गर्दै आएको छ ।

Advertisement

प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट राखेर प्रति मिनेट ३ सय घनलिटर अक्सिजन उत्पादन हुँदै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट दिपेन्द्र पाण्डेले जानकारी दिएका छन् । अस्पतालको ५० बेडमा अक्सिजन जाने भए पनि ७६ थान अक्सिजन सिलिन्डर अस्पतालले स्टक राखेको छ ।

प्रतिक्रिया