नुवाकोटमा निषेधाज्ञाको समय एकहप्ता थपियो

विदुर खबर २०७८ वैशाख २६ गते १७:०५

नुवाकोट । नुवाकोटमा आगामी जेठ ३ गतेसम्म निषेधाज्ञाको समय लम्बिएको छ ।

Advertisement

जिल्लामा दैनिक ३ दर्जन बढीमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि निषेधाज्ञाको समय एक साता थप भएको छ । वैशाख २१ गतेबाट कायम निषेधाज्ञाको समय सकिन एक दिन अघि नै नुवाकोटमा जेठ ३ गतेसम्म निषेधाज्ञा लम्ब्याईएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकले निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको आवातजावत देखिएको, सवारी साधनहरु निर्वाध रुपमा गुडेको निष्कर्ष निकाल्दै दोस्रो चरणमा थप कडाईं गर्ने निर्णय गरेको हो ।

Advertisement

प्रतिक्रिया