कांग्रेस नुवाकोटका नेता अधिकारीको निधन

विदुर खबर २०७८ वैशाख २५ गते १९:३३

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका नेता विष्णु अधिकारीको शनिबार निधान भएको छ ।

Advertisement

७८ वर्षीय अधिकारीको शनिबार निधन भएको र शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । उहाँ पछिल्लो समय काठमाडौँमै रहँदै आउनुभएको थियो । अधिकारी नेपाली कांग्रेसको महासमिति र महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्थ्यो ।

सठिया विष्णुको उपनामले समेत चिनिनुभएको अधिकारी नुवाकोटको नर्जामण्डपका हुनुहुन्छ । उहाँ १४ वर्षको उमेरदेखि राजनीतिमा लाग्नुभएको थियो । नुवाकोट कांग्रेसमा केसी र महतहरूको परिवारवाद हावी भएको भन्ने उहाँ गुटबन्दीमा कहिल्यै लाग्नुभएन ।

Advertisement

२०१३ सालमै नेपाली कांग्रेस नुवाकोटको जिल्ला सदस्य रहनुभएको अधिकारी जिवस सदस्य र सुकुम्बासी समस्या समाधान आयोग नुवाकोटको अध्यक्ष समेत हुनुभयो ।

प्रतिक्रिया