मध्य भोटेकोशीको आईपीओ स्थगित

विदुर खबर २०७८ वैशाख २३ गते १६:५७

नुवाकोट । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित भएको छ।

Advertisement

मध्यभोटेकोशीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीका अनुसार सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई उक्त आईपीओ स्थगित गरिएको हो। यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको उनले बताए।

“सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई आइपीओ निश्काशन बन्द गर्ने निर्णय गरेका छौ।” सिवाकोटीले मेरो लगानीसँग भने “लकडाउन खुलेपछि आइपीओ बिक्री पुन खुल्ला गरिने छ।”

Advertisement

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले पनि आइपीओ हाललाई स्थगित गरिएको जनाएको छ।

Advertisement

प्रतिक्रिया