निषेधाज्ञाले रोकिएन नागढुंगा-नौबिसे सुरुङमार्गको काम
नुवाकोट । निषेधाज्ञाका कारण अधिंकाश विकासे आयोजनाहरु बन्द हुन थालेपनि नागढुंगा-नौविसे सुरुङमार्ग आयोजनाको काम भने निरन्तर भइरहेको छ।
आयोजनासँग १५ दिनलाई पुग्ने निर्माण सामाग्री रहेको र स्थानीय प्रशासनले समेत सहजीकरण गरेकोले निर्माणको काम निरन्तर अघि बढेको हो। सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्ये सुरुङमार्गको दुबैतर्फको प्रवेशद्वारमा काम भइरहेको बताउँदै पाँच सय कामदारले २४सै घण्टा काम गरिरहेको जानकारी दिए।
निर्माण सामाग्री १५ दिनलाई पुग्ने भएकाले निषेधाज्ञाले खासै समस्या हुँदैन। अहिले तीन सिफ्टमा २४ सै घण्टा काम भइरहेको छ,’ उनले भने, ‘जापानी प्रतिनिधिसँग कुरा गर्दा पनि कुनै समस्या नरहेको जानकारी पाएका छौं।’ शाक्यका अनुसार स्थानीय प्रशासनले आयोजनाका अधिकारी, परामर्शदातालाई आवातजावत गर्न पासको व्यवस्था गरिदिएका छन्।
शाक्यले पूर्व र पश्चिम दुवै पोर्टल दुवैतिर सुरुङको काम भइरहेको बताउँदै भने-‘पूर्वतर्फ ओभररपासको डेक ढलानको तयारी, ब्रिजको ढलान, दुइवटा कल्भर्ट निर्माण, एप्रोच रोडको कटिङ, फिलिङ लगायतको काम भैरहेको छ।‘ उनले पश्चिमतर्फ अण्डरपासको काम भइरहेको बताउँदै एक महिना अण्डरपास ढलान सक्ने लक्ष्य रहेको जानकारी दिए।
आयोजनाले अप्रिलसम्म वर्किड अडिट ११९ मिटरको काम सकेको छ। मुख्य सुरुङमार्ग खन्नका वर्किङ अडिट प्रयोग हुन्छ। पश्चिम पोर्टल(धादिङतर्फ) मुख्य टनेल ५५ मिटर पुरा भएको भएको छ। इभाकुएसन टनेल ६८ मिटर पुरा भएको छ। पूर्वी पोर्टल (काठमाडौतिर) मुख्य टनेल ४५ मिटर र इभाकुएसन २३६ मिटर खन्ने काम सकिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए
बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य





प्रतिक्रिया