नुवाकोटमा ८० जना कोरोना संक्रमित थपिए

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा एकसय ३ जनाको पिसिआर परिक्षण हुँदा ८० जनामा कोरोना संकम्रण पुष्टि भएको हो । संक्रमितमध्ये ४८ पुरुष र ३२ जना महिला रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये विदुर नगरपालिकाका २८ जना, तादी गाउँपालिकाका १५ जना, किस्पाङ गाउँपालिकाका १२ जना र दुप्चेश्वर गाउँपालिकाका ८ जना रहेका छन् । यस्तै बेलकोटगढी नगरपालिकाका ६ जना, पन्चकन्या गाउँपालिकाका ३ जना, लिखु, म्यागङ र तारकेश्वर गाउँपालिकामा समान २÷२ जना भेटिएका छन् भने ककनी र सुर्यगढी गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित भेटिएका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ५ सय ३६ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ३७ पुगेको छ ।
हालसम्म नुवाकोटका एकहजार एकसय ९७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
हालसम्म नुवाकोटमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया