जिल्ला हुलाक कार्यलयले नुवाकोटले उठायो १७ लाख ९० हजार रुपैया राजस्व

विदुर खबर २०७५ साउन १४ गते ११:१५

नुवाकोट ÷ जिल्ला हुलाक कार्यलय नुवाकोटले गत आर्थिक वर्ष २०७४÷७५ मा १७ लाख ९० हजार ८ सय २० रुपैयाँ राजश्व संकलन गरेको छ ।

Advertisement

कार्यलयका निमित्त प्रमुख गोपाल अधिकारीका अनुसार कार्यलयले गत आवमा सबैभन्दा बढी टिकट बिक्रि मार्फत ९ लाख ९४ हजार ५ सय रुपैयाँ संकलन गरेको छ । कार्यलयले रेडियो र केवल टेलिभिजन नविकरण ९८ हजार ८ सय ७० रुपैया नविकरण शुल्क उठेको अधिकारीले बताए । त्यस्तै कार्यलयले रेडियो र केवल टेलिभिजनबाट २ लाख ८२ हजार २ सय ५७ रुपैयाँ राजश्व प्राप्त गरेको जिल्ला हुलाक कार्यलय नुवाकोटले जनाएको छ ।

कार्यलय निमित्त प्रमुख गोपाल अधिकारीले कार्यलयले लोकसेवा आयोगको सेवा शुल्कबाट २ लाख ६३ हजार २ सय रुपैयाँ, भन्सार शुलकबाट ३८ हजार ४ सय ७४ रुपैयाँ राजश्व संकलन गरेको बताए । त्यस्तै कार्यलयले अटोमेसिन शुल्कबाट ८४ हजार ५ सय ४४ रुपैयाँ राजश्व संकलन गरेको बताए । कार्यलयले टेलिसेन्टर सेवामार्फत २८ हजार ९ सय ३५ रुपैयाँ राजश्व संकलन गरेको छ । सरकारले आर्थिक वर्ष २०७५÷७६ को साउ १ गतेबाट टेलिसेन्टर प्रभावकारी नभएको भन्दै हटाएको अधिकारीले बताउनुभयो । यसैबिच जिल्ला हुलाक कार्यलयमा कार्यरत रहेका करिव ५० प्रतिशत कर्मचारी कटौतीमा पर्ने भएका छन । जिल्ला हुलाक कार्यलयमा अहिले ३६ कर्मचारी करारको रुपमा काम गर्दै आएका छन ।

Advertisement

प्रतिक्रिया