नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५७ पुग्यो

विदुर खबर २०७८ वैशाख २१ गते १४:५६

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको २ सय ५७ पुगेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ४४ पुरुष र १६ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये विदुर नगरपालिकाका ३२ जना,किस्पाङ गाउँपालिकाका ९ जना लिखु गाउँपालिकाका ८ जना, बेलकोटगढी नगरपालिकाका ५ जना रहेका छन् । यस्तै सुर्यगढी गाउँपालिका,दुप्चेवर गाउँपालिका,तादी गाउँपालिका र म्यागङ गाउँपालिकाका समान एक÷एक जना कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ४ सय ५६ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ जना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला ७ जना निको भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एक हजार एकसय ९७ पुगेको छ ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

Advertisement

प्रतिक्रिया