कोरोनाको कारण नुवाकोटसहित ४२ जिल्लामा निषेधाज्ञा

विदुर खबर २०७८ वैशाख २० गते १०:४७

नुवाकोट । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।

Advertisement

कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।

नुवाकोटमा २१ गते बिहान चार बजेदेखि २७ गते राति १२ बजेसम्म र धनुषामा २१ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका छन् । यसैगरी दैलेखमा पनि मंगलबार राति १२ बजेदेखि २८ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण निषेधाज्ञा लागू हुने छ ।

Advertisement

बागलुङ नगरपालिका क्षेत्रभर मंगलबार बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसअघि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

Advertisement

प्रतिक्रिया