बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

नुवाकोट । बाँकेमा आइतबार राति र सोमबार बिहान गरी कुल ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका छन् । जसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना संक्रमण सम्बन्धी फोकल पर्सन तेज वलीले जानकारी दिए ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का ५१ वर्षका पुरुष छन् । उनको वैशाख ६ गते पीसीआर गरेर भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे ३ बजे अस्पतालमा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, नेपालगञ्ज उमनपा १ का ६६ वर्षका पुरुषको पनि सोमबार नै मृत्यु भएको हो । उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।
भेरी अस्पतालमै मृत्यु हुनेमा बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष समेत रहेका छन् । उनको वैशाख १७ गते कोरोना पोजिटिभ आएपछि उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे छ बजे मृत्यु भएको हो ।
त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा ४८ वर्षीय पुरुष र ६० वर्षीया वृद्धाको ज्यान गएको छ । मृतक पुरुष नेपालगञ्ज उमनपा ५ का स्थायी वासिन्दा हुन् भने उनको वैशाख ८ गते कोरोना पोजिटिभ देखिएपछि १४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार राति ९ बजेर १० मिनेटमा ज्यान गएको हो ।
अर्का ३२ वर्षीय खजुरा गाउँपालिका २ का संक्रमितको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको छ । उनको वैशाख ५ गते कोरोना परीक्षण गरिएको थियो भने उनलाई ७ गतेदेखि अस्पचालमा भर्ना गरिएको थियो ।
मृतक महिला भने बैजनाथ गाउँपालिका ८ की स्थायी वासिन्दा हुन् । उनको १९ गते कोरोना पोजिटिभ आएको थियो भने राति साढे १ बजे उनको मृत्यु भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया