नुवाकोटमा मंगलवारदेखि निषेधाज्ञा जारी
विदुर खबर
२०७८ वैशाख १९ गते १८:५५
नुवाकोट । नुवाकोटमा मंगलवार विहानदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।
आइतवार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा वसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले नुवाकोटमा २१ गते मंगलवार विहान ४ बजेदेखि २७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । दुलालका अनसार निषेधाज्ञाको सकयमा निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ ।
यस्तै सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने प्रजिअ दुलालले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया