बेलकोटगढी नगरपालिकामा नमूना घर हस्तान्तरण

विदुर खबर २०७८ वैशाख १८ गते २०:४८

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा निर्माण गरिएको नमूना घर हस्तान्तरण गरिएको छ ।

Advertisement

भारत सरकारको आर्थिक सहायता प्राप्त सामाजिक प्राविधिक सहजीकरण तथा परामर्शमा निर्माण गरिएको नमूना घर हस्तान्तरण गरिएको हो । निर्माण गरिएको घरमा भविष्यमा भूकम्पहरूलाई थेग्न सक्ने बनाउन नुवाकोटमा निजी आवास पुनर्निर्माणका लागि सन् २०१८ देखि नै काम गर्दै आएको छ ।

नमूना घरको निर्माण देखी सम्पन्नताको चरण सम्म क्षमतामा आधारित स्थलगत तालिम मार्फत सुरक्षित पुनर्निर्माण प्रकिया मार्फत् निर्माण गरिएको एक नमुनाको प्रदर्शन हो। यो सुरक्षित निर्माणको अभ्यासको एक उदाहरण हो र यसबाट समुदायमा निर्माणका लागि अपनाउन सकिने सर्वोत्तम अभ्यासको उदाहरणको रूपमा देखिएको छ ।

Advertisement

निर्माणको चरणमा ६ वटा कार्यस्थल तालिमहरू संचालन गरिएको थियो। निर्माण सम्पन्न गरिएका नमुना घरका तीन कोठाहरू छन् र हाल यसलाई बेलकोटगढी नगरपालिकाको वडा कार्यालयको प्रयोजनका लागि हस्तान्तरण गर्न योग्य अवस्थामा रहेको छ। त्यस्तै, कार्य स्थल तालिमको प्रक्रिया अन्तर्गत छ जना स्थानीय पुरूष तथा पाँच जना महिलाहरू यस तालिममा सहभागी भई लाभान्वित भएका छन्।


निर्माणको कामले स्थानीय डकर्मीलाई नयाँ सीप सिक्ने अवसर प्रदान गरेको छ भने आफ्नो घर आफै बनाउँदा ज्याला बापत आम्दानी पनि गरेका छन्। समुदायमा रहेका डकर्मीहरूको सीपहरूको बजारीकरणको सीप नुवाकोटको एसटिएफसि परियोजनाको परिचायक हुँदै आएको छ।

Advertisement

नेपालमा २०७२को भूकम्पको स्मृति स्वरूप भारतीय राजदुतावासका प्रतिनिधिहरू, बेलकोटगढी नगरपालिकाका मेयर लगायत स्थानीय निकायका अधिकारीहरू समेतले बेलकोटगढी नगरपालिकामा एसटिएफसिको साथमा आज वैशाख १५, २०७८ का दिन यस नमूना घरको हस्तान्तरण कार्यक्रममा सहभागी भई नुवाकोटमा सुरक्षित पुनर्निर्माणका अभ्यासहरूलाई थप प्रोत्साहन दिनु भएको छ।

अनलाईन मार्फत गरिएको यस कार्यक्रममा पर्दा हटाई कार्यक्रमको शुरूआत गरिएको थियो । नगरपालिकाले यस भूकम्प प्रतिरोधी भवनलाई प्रशासनीक भवनको रूपमा प्रयोग गर्ने योजना रहेको छ ।

कार्यक्रम स्थलमा नमूना घरको निर्माणका विभिन्न चरणहरू समेटिएका फोटोहरूको प्रदर्शनी समेत गरिएको थियो।

प्रतिक्रिया