आजदेखि ‘डन्ट माइन्ड’ प्रसारण हुने

विदुर खबर २०७८ वैशाख १८ गते २०:०९

नुवाकोट । निर्मल शर्मा (गैंडा) द्वारा निर्देशित हास्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ आज बुधबार देखि प्रसारण हुने भएको छ ।

Advertisement

म्युजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा टेलिचलचित्र हरेक बुधबार साँझ ८ बजे प्रसारण हुनेछ । साथै म्युजिक नेपालको युट्युब च्यानल तथा मोमो एपमा समेत सोही दिन साँझ ८:३० बजे प्रसारण हुनेछ । टेलिचलचित्रलाई निर्मल शर्मा र कमल मैनालीले संयुक्त रूपमा निर्देशन गरेका छन् ।

हास्य टेलशृंखला ‘डन्ट माइन्ड’मा रबि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमल्सिना, बिश्वमणी घिमिरे, चिज कुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मण सिंह बस्नेत लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

Advertisement

टेलिचलचित्रको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ, पटकथा लेखक कमल मैनाली हुन् । सम्पादन गौतमराज खड्काले गरेका छन् भने छायांकन राजु केसीले गरेका हुन् ।

प्रतिक्रिया