कोरोना संक्रमित बढेपनि नुवाकोटमा लकडाउन नहुने

विदुर खबर २०७८ वैशाख १७ गते २२:०६

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपनि जिल्ला प्रशासन कार्यालयले भने तत्काल नुवाकोटमा लकडाउन नगर्ने भएको छ ।

Advertisement

सोमवार जिल्ला विपद् ब्यावस्थापन समिति र जिल्ला कोभिड–१९ संकट ब्यावस्थापन केन्द्रको सयुक्त बैठकले जिल्लामा कोरोनाको प्रभाव सामान्य रहेको भन्र्द तत्काल जिल्लामा लकडाउन गर्नुपर्ने अवस्था नरहेको निश्कष निकालेका हो ।

साथै जिल्ला कोभिड–१९ संकट ब्यावस्थापन केन्द्रको सयुक्त बैठकले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन समेत सबैलाई अपिल गरेको छ ।

Advertisement

तर जिल्ला कोभिड–१९ संकट ब्यावस्थापन केन्द्रले जिल्लामा कोरोनाको प्रभाव सामान्य रुपमा रहेको जनाएपनि स्वास्थ्य कार्यालयको रिर्पाट भने ठिक उल्टो छ ।

नुवाकोटमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै कोरोना संक्रमितको संख्या एकसय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । जुृन संक्रमित दर २३ प्रतिशत रहेको छ ।

Advertisement

नुवाकोटमा हाल दैनिक २ दर्जनभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएपनि जिल्लाका सरोकारवाला निकायहरुले त्यसलाई गम्भीर रुपमा नलिएको सरोकारवालाहरु बताउँछन् ।

नुवाकोटमा हालसम्म १० हजार २ सय ६ जनाको पिसिआर परिक्षण हुँदा १२ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ सय ७० जना निको भएर घ। फर्किउका छन् ।

नुवाकोटमा हाल कोरोनाको सक्रिय संक्रमितको संख्या एकसय २४ रहेको छ ।

स्मरण रहोस नेपाल सरकार २०७८ वैशाख ८ गतेको मन्त्रिपरिषदको बैठकले संक्रामक रोग ऐन २०२० अन्ुसार २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएमा स्थानिय प्रशासनबाट निषेधाज्ञा आदेश गर्न सक्ने प्रावधान छ ।

प्रतिक्रिया