रेडक्रसद्धारा टिमुरेका पहिरोपिडित परिवारलाई राहात वितरण
विदुर खबर
२०७५ साउन १४ गते ३:३५

सरस्वती न्यौपाने, रसुवा÷नेपाल रेडक्रस सोसाक्ष्टी रसुवाले गत बुधबार गएको पहिरोमा परी पिडित भएका परिवारलाई शनिवार राहात वितरण गरेको छ ।
रेडक्रस सभापति बाबुलाल तामाङका अनुसार गोसाइकुण्ड गाउँपालिका वडा नं २ टिमुरेका पिडितहरुलाई राहात वितरण गरिएको हो । पिडितहरुलाई २ थान कमल,२ थान त्रिपाल m एकबोरा चामल। लत्ताकपडा, भाँडा कुडा वितरण गरिएको तामाङले बताए । त्यस्तै अन्य सामाग्रीमा भाँडाकुडा बाल्टी वितरण गरिएको छ ।राहात समाग्री वितिरण गर्दै रसुवा रेडक्रस सभापति बाबुलाल तामाङले वपत्तिको समयमा सबै चनाखो भएर बस्नुपर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया