काठमाण्डौमा निषेधाज्ञा कार्यान्यन गराउन ठाउँठाउँमा चेकिङ
नुवाकोट । काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई आफैं खटिएका छन् ।
निषेधाज्ञासँगै भित्री सडकहरुमा तुलनात्मक रुपमा गाडीहरु कम चलेका छन् । तर काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा भने विहानको समयमा गाडीहरुको चाप छ । ती गाडीहरुलाई पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको छ ।
ट्राफिक प्रहरी प्रवक्ता एवम् एसपी श्यामकृष्ण अधिकारीले जाम भएका कारण रातभर सडकमा बसेकाहरुलाई उपत्यका प्रवेश गर्न दिइएको बताए ।
ट्राफिक प्रहरीका अनुसार धादिङको धार्के नजिक एउटा गाडी बिग्रिएकाले सडक जाम भएको थियो । जामका कारण गाडीहरु पास हुन पाएनन् । त्यही भएर विहान आठ बजेसम्म पनि गाडीहरुलाई काठमाडौं आउन दिइएको छ । यद्यपि काठमाडौं प्रवेश गर्ने धेरैजसो मालवाहक गाडीहरु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया