‘कारबाहीको धम्कीले डराउँदैनौं’:नेपाल
विदुर खबर
२०७८ वैशाख १६ गते ९:०३
नुवाकोट । नेकपा एमाले खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने धम्कीबाट नडराउने बताएको छ ।
बुधबार राजधानीको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोधिएको २७ सांसदलाई अध्यक्ष ओलीले कारबाही गर्ने भन्ने ओली पक्षको हल्लाबाट विचलित नहुने जनाएको छ ।
बैठकपछि नेता भीम रावलले कारबाहीको हल्लाबाट आफूहरू विचलित नभएको जिकिर गर्दै भन्नुभयो– ‘हामी विचलित भएका छैनौं बरु सशक्त हुँदै जानेछौं । हामी नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनअनुसार अघि बढिरहेका छौं र त्यो कारबाहीको कुनै औचित्य छैन ।’
बैठकले कोरोना महामारीका कारण संगठनको काम केही खुकुलो पार्ने तर नरोक्ने निर्णय गरेको पनि जानकारी दिँदै रावलले कोरोना महामारी नियन्त्रणमा खटिन मातहतका कमिटीलाई निर्देशन दिने समेत निर्णय भएको बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक





प्रतिक्रिया