नुवाकोटमा सक्रिय कोरोना सक्रमितको संख्या ७४ पुग्यो

विदुर खबर २०७८ वैशाख १४ गते १७:३९

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ७४ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज जिल्लामा २ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७४ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ३० जनाको पिसिआर परिक्षण गरिएकोमा २ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका सुचना अधिकारी खनालका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेहरु दुबैजना महिला रहेका छन् । जसमा विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाका एक एक जना रहेका छन् ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार २ सय ३६ पुगेको छ । संक्रमितमध्ये ८ सय ४१ पुरुष र ३ सय ९५ महिला रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार एकसय ६० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । जिल्लामा अहिलेसम्म १० हजार एकसय १० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया