विदुर नगरपालिका भित्रका सबै शिक्षणसंस्था बन्द निर्णय
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले मंगलवार एक सुचना सार्वजनिक गर्दे नगरपालिका भित्र रहेका शैक्षिक संस्थाहरु अर्काे सुचना नआएसम्म संचालन नगर्न सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।
यस्तै नगरपालिकाले भौतिक रूपमा विद्यालयमा उपस्थित भई सञ्चालन हने पठनपाठन तथा पूर्व निर्धारित सबै तहका परीक्षाहरू अर्को सुचना नभए सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले विद्यालय प्रशासन खुल्ला गरि शैक्षिक कार्य योजनाहरू बनाउने र विद्यालयमा विद्यार्थीहरूलाई भौतिक उपस्थिती नगराई भर्चुअल र बैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्नु समेत आग्रह गरेको छ ।
नगरपालिकाले केन्द्रिय सरकारको निर्देशन तथा नुवाकोटमा पनि दिनानुदिन कोरोना संक्रमितहरु बढीरहेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईले जानकारी दिए ।
उनले नगरपालिकाको सुचनाको अवज्ञा गरि शिक्षणसंस्था संचालन गर्ने विद्यालयलाई कडा कारवाही गरिने समेत बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया