निषेधाज्ञा भएपनि सिइडिबी हाइड्रोको आईपिओ नरोकिने
नुवाकोट ।काठमाडौँ उपत्यकामा निषेधाज्ञा भएपनि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपिओ पूर्व निर्धारित मिति मै निष्काशन हुने भएको छ । सिडीएस एण्ड क्लियारिङले आईपिओ नरोकिने जनाएको हो ।
आईपिओमा मेरोशेयर मार्फत अनलाइन माध्यमबाट आवेदन दिन सकिने र बैंकहरु पनि खुला नै रहने भएकोले आईपिओ नरोकिने सिडीएसले जनाएको हो । सिडीएसका अनुसार पछिल्लो समय ८० प्रतिशतले मेरोशेयर अनलाइन मार्फत आईपिओ भर्ने गरेका छन् ।
सिइडिबी हाइड्रोले बैशाख १७ देखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहौर्को लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले छिटोमा वैशाख २१ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ता मेरो शेयर तथा सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।
कम्पनीको जारी पुँजी ८३ करोड ९३४ लाख रहेको छ । आईपिओ निष्काशनपछि चुक्ता पुँजी ८३ करोड ९४ लाख पुग्ने छ । कम्पनीको अधिकृत पुँजी डेढ अर्ब रहेको छ ।
कम्पनीको ४ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् भने ३ वटा आयोजना निर्माण सम्पन्न भई संचालनमा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया