नुवाकोटको मेरो माइक्रोफाइनान्सको खुद नाफा दुईसय प्रतिशतभन्दा बढी

नुवाकोट । नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०० प्रतिशतभन्दा बढी बढेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले २९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिका तुलनामा २०९.४१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीसँगै सञ्चालन मुनाफा उल्लेख्य बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८१.८९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ९०.१८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २१८.७८ प्रतिशत बढेको छ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ५९ पैसा बढेर ३९ रुपैयाँ ५३ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९ रुपैयाँ ५३ पैसा पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १६.९४ प्रतिशत बढेर १ अर्ब रुपैयाँ पुगेको छ भने जगेडा कोष ६८.३३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १६६.८२ प्रतिशत, निक्षेप ५१.८१ प्रतिशत र कर्जा १३१.८५ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.२० प्रतिशतविन्दु घटेर १.७ प्रतिशतमा सीमित भएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया