कस्तो महासंघ, कस्तो पत्रकारिता ?

विदुर खबर २०७८ वैशाख १२ गते १७:३०
रिना खनाल

नुवाकोट बेलाबेला विभिन्न विषयमा चर्चामाआइरहन्छ। संघीय राजधानीको उत्तरी भेगसँग जोडिएको यो जिल्ला अचेलफेरि खुबचर्चामा आइरहेको छ । पत्रकार महासंघ जिल्लाशाखानुवाकोटको निर्वाचनमा दोहो¥याएर भोट हाल्ने अवसर प्राप्त भयो । अझै तेहेराउन मिल्ने हो कि कतै भन्ने आशंका जीवित नै रहेको छ ।

Advertisement

पटक पटक विज्ञप्ति जारी गरी उजुरबाजुर पर्न गएको खुलेको छ । पत्रकार न हो आआफ्ना मिडिया हाउसबाट भए नभएका समाचार पोष्ट्याउन कसले रोकेको छ र ?अचेल पत्रकारिता पनि सामाजिक संजाल जस्तै दुव्र्यवहार बढ्दो छ । जसले जेसुकै लेखे पनि समाचार मान्ने सोच बन्दै गएको छ ।

यसपालि नुवाकोट चर्चा आएको कारण महासंघ निर्वाचनमा धाँधली भयो भन्ने विषयलाई लिएर हो । विवाद उत्पन्न हुनामाकार्यकारी पदमाआसीनपत्रकारहरुको दोष हो या कुनै राजनीतिकदलका नेताहरुको आग्रहमा प्रायोजित, यो बुझ्न कठिन भइरहेको छ । नुवाकोट हुन त कुखुराले पनि राजनीतिगर्नेथलो भनेर कतिपयव्यक्तिहरुले भन्ने गरेका छन् । कहिले सकारात्मक रुपमा त कहिले नकारात्मक रुपमा ।

Advertisement

देशैभरका पत्रकारहरुको चुनावभर्खरै सकिएको भनेर विभिन्न मिडियाहरुमा नआएकाहोइनन् । तर नुवाकोट यस्तो जिल्लाबन्नपुग्यो विजेताहरुले निधारमालगाइएकाअबिरका तस्बिरहरु सामाजिक संजालमा रंगिन नपाउदै पुछ्नुपरेको थियो । ७७ जिल्लामा नदेखिएको घटना नुवाकोटमा हुन पुग्यो । यसरी एउटा नमुना जिल्लाको रुपमा दरिन पुगेको छ ।

के कारण भन्ने प्रश्नहरु अनुत्तरित छन् । एउटै एलायन्स बनाएर सहयोग गर्ने प्रतिबद्धता सहितप्यानलबनाइएकोमाकिनविश्वास गरिएनभन्ने प्रश्नएकातिर रहेको छ भने अर्कातिर निर्वाचनमत परिणामले जिल्लामा सबैलाई अचम्मितबनाएको छ । पहिलो कुरा मत परिणामको तुलनामाव्यक्तिलाई केही पाठ त सिकाएको नै होला । आफैं हेर्नु होस्, अत्याधिकमतप्राप्तगरी विजयीभएकाव्यक्तिहरुको दोहो¥याएर भएको मतदानपछि परिणाम निकै खस्किएको छ ।
नेतृत्वमा खेला गर्ने, अरुलाई पछार्नै पर्ने, आफू मात्रजान्नेबुझ्ने भन्ने बुझाई हावीहुदै गएको छ । राजनीतिमै पनि अब पार्टी होइन व्यक्ति हेर्ने प्रवृत्तिबढ्दै गएको छ । पत्रकारका नेतृत्व तहले के बुझ्नुपर्छ भने आफ्नो स्वार्थको मात्र हेर्ने होइन पुरै संगठनको हितमा काम गर्नुपर्छ ।पत्रकारलाई त्यसै चौथो अंगभनिएको होइन । यसले जनता र सरकारका बीच पुलको काम त गर्छ नै, उसको कार्य उदाहरणीय पनि हुनपर्छ भन्ने मान्यता छ ।

Advertisement


तर, के यो मान्यताअनुरुप काम भएको छ त ? बरु उल्टै कुनै कामगर्दा गर्दै बिग्रियो अमानविय घटना भयो भने संरक्षण गर्ने स्थलपत्रकार महासंघ बन्नपुगेको छ । नुवाकोटमात्र होइन, देशैभर यो विकृति बढ्दो छ । मतदानगर्नेलाइनमा ड्राइभर खलासी देखि विभिन्नदलमा आबद्ध कार्यकर्ता, निजामतीकर्मचारी तथाआइएनजिओमा आबद्ध भएकाब्यक्तिहरुकै राज रहेको देखिन्छ । यस्तो बेथिति र विकृतिविरुद्धबोल्ने को हो ?


पत्रकार हुँ भनेर विभिन्न नेतातथाउद्योगपतिहरुसंग बार्गेनिङ्गगर्ने परिपाटी बस्दो छ । यस्ता नकाम त बग्रेल्ती नै छन् । यस्ता नकाम घटनाहरु बिस्तारै बाहिर आएका छन् । सरकारी तथाविभिन्न परियोजनाहरुमाआफ्नो साधनको लागिइन्धनमाग्ने,बार्गेनिङ्गगर्ने तर कुरा नमिलेको अवस्थामाअपमान या दुव्र्यवहार ग¥यो भनेर महासंघले बुझ्दै नबुझि विज्ञप्ति निकालेका प्रसंगहरु पनि थुप्रै छन् ।


महासंघ भनेको पत्रकारहरुको हकअधिकारका लागि बोल्ने संस्था हो, पत्रकारहरुको अभिभावक संस्थाहो । तर हुनचाहिं ठीक उल्टो भइरहेको छ । अवस्था कतिसम्म दुःखदायी छ भने पत्रकारहरुको नाममाआएको तालिममाआफ्ना नातेदार पठाउनेसम्मको प्रचलन छ ।
स्कुलमा हुँदा बेलाबेलाकार्यक्रमहरुमा पत्रकारहरु हातमाक्यामेरा र डायरी बोकेर आउँदाशिक्षकतथाशिक्षिकाहरु सबैले नमस्कार गर्दा ओहो भन्ने शब्दआउथ्यो । सबैले सम्मानका साथबोल्ने गर्दथे । अहिले लाग्छ त्यो बेलाको पत्रकार छवि बेग्लै थियो ।

आज लाग्छ, वास्तविकपत्रकारहरु निकै पछि छन् अनि राजनीतिकदलका फेरो समाउनेहरु दलकै झण्डा बेकेर मैदानमा छन् । जसलाई लेख्नसँगै कुनै नाता छैनउनीहरु पत्रकारका नेताका रुपमा निर्वाचित हुन्छन् भने के भन्नु ? वास्तवमा जब जबपत्रकारका चुनावनजिक आउछ अनिकहिल्यै नसुनिएका, नदेखिएका र नपढिएका नामहरु बरिष्ठ पत्रकारका रुपमाहानाथापगर्ने चलन छ । एउटा गोजीमा राजनीतिक पार्टी सदस्यता र अर्को गोजीमा प्रेस कार्ड बोकेका नेताबाट अनुमोदितपत्रकारहरुको बीच घमासान देखिन्छ ।

आफूलाई पत्रकार भन्ने तर संगठन खोलेर राजनीतिक दलका भातृ संगठनको रुपमाआफूलाई परिचितगरिरहेका छन् धेरैजसो । राजनीतिकदलकानजिकभएकापत्रकारहरु उम्मेदवार भएका छन् भने वास्तविक पत्रकार मतदाता ।

अर्थात् अवस्था दुर्दशाग्रत छ यसर्थ अब पत्रकार महासंघलाई कस्तो संस्था बनाउने भन्ने बारे विमर्श हुनु आवश्यक छ । आफैंसँग प्रश्न गरौं, के ती सबै पत्रकार हुन् जो नेपाल पत्रकार महासंघका सदस्य छन् ? जो नियमित सञ्चारकर्म गरिरहेका छन् उनीहरु कतिपय सदस्य नै छैनन् जो सञ्चारकर्ममा आबद्धता नै छैनन् उनीहरुसंग पे्रस कार्ड छन् ।

यी यावत् विषयमा नवनिर्वाचित कार्यसमितिले विशेष ध्यान दिनुपर्छ, पत्रकार र पत्रकारिताको छवि सुधार्न पत्रकारितामा आबद्धसहित महासंघ पनि पूरा शक्तिले लागि पर्नु पर्छ । साथै यस पुनीत कार्यमा नुवाकोटका पत्रकारहरुको समेत विशेष योगदान हुनु वाञ्छनीय छ ।

लेखक रिना खनाल हुन् । उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न छिन् ।

त्रिशुली खबर साप्ताहिकबाट साभार ।

प्रतिक्रिया