कस्तो महासंघ, कस्तो पत्रकारिता ?

नुवाकोट बेलाबेला विभिन्न विषयमा चर्चामाआइरहन्छ। संघीय राजधानीको उत्तरी भेगसँग जोडिएको यो जिल्ला अचेलफेरि खुबचर्चामा आइरहेको छ । पत्रकार महासंघ जिल्लाशाखानुवाकोटको निर्वाचनमा दोहो¥याएर भोट हाल्ने अवसर प्राप्त भयो । अझै तेहेराउन मिल्ने हो कि कतै भन्ने आशंका जीवित नै रहेको छ ।
पटक पटक विज्ञप्ति जारी गरी उजुरबाजुर पर्न गएको खुलेको छ । पत्रकार न हो आआफ्ना मिडिया हाउसबाट भए नभएका समाचार पोष्ट्याउन कसले रोकेको छ र ?अचेल पत्रकारिता पनि सामाजिक संजाल जस्तै दुव्र्यवहार बढ्दो छ । जसले जेसुकै लेखे पनि समाचार मान्ने सोच बन्दै गएको छ ।
यसपालि नुवाकोट चर्चा आएको कारण महासंघ निर्वाचनमा धाँधली भयो भन्ने विषयलाई लिएर हो । विवाद उत्पन्न हुनामाकार्यकारी पदमाआसीनपत्रकारहरुको दोष हो या कुनै राजनीतिकदलका नेताहरुको आग्रहमा प्रायोजित, यो बुझ्न कठिन भइरहेको छ । नुवाकोट हुन त कुखुराले पनि राजनीतिगर्नेथलो भनेर कतिपयव्यक्तिहरुले भन्ने गरेका छन् । कहिले सकारात्मक रुपमा त कहिले नकारात्मक रुपमा ।
देशैभरका पत्रकारहरुको चुनावभर्खरै सकिएको भनेर विभिन्न मिडियाहरुमा नआएकाहोइनन् । तर नुवाकोट यस्तो जिल्लाबन्नपुग्यो विजेताहरुले निधारमालगाइएकाअबिरका तस्बिरहरु सामाजिक संजालमा रंगिन नपाउदै पुछ्नुपरेको थियो । ७७ जिल्लामा नदेखिएको घटना नुवाकोटमा हुन पुग्यो । यसरी एउटा नमुना जिल्लाको रुपमा दरिन पुगेको छ ।
के कारण भन्ने प्रश्नहरु अनुत्तरित छन् । एउटै एलायन्स बनाएर सहयोग गर्ने प्रतिबद्धता सहितप्यानलबनाइएकोमाकिनविश्वास गरिएनभन्ने प्रश्नएकातिर रहेको छ भने अर्कातिर निर्वाचनमत परिणामले जिल्लामा सबैलाई अचम्मितबनाएको छ । पहिलो कुरा मत परिणामको तुलनामाव्यक्तिलाई केही पाठ त सिकाएको नै होला । आफैं हेर्नु होस्, अत्याधिकमतप्राप्तगरी विजयीभएकाव्यक्तिहरुको दोहो¥याएर भएको मतदानपछि परिणाम निकै खस्किएको छ ।
नेतृत्वमा खेला गर्ने, अरुलाई पछार्नै पर्ने, आफू मात्रजान्नेबुझ्ने भन्ने बुझाई हावीहुदै गएको छ । राजनीतिमै पनि अब पार्टी होइन व्यक्ति हेर्ने प्रवृत्तिबढ्दै गएको छ । पत्रकारका नेतृत्व तहले के बुझ्नुपर्छ भने आफ्नो स्वार्थको मात्र हेर्ने होइन पुरै संगठनको हितमा काम गर्नुपर्छ ।पत्रकारलाई त्यसै चौथो अंगभनिएको होइन । यसले जनता र सरकारका बीच पुलको काम त गर्छ नै, उसको कार्य उदाहरणीय पनि हुनपर्छ भन्ने मान्यता छ ।
तर, के यो मान्यताअनुरुप काम भएको छ त ? बरु उल्टै कुनै कामगर्दा गर्दै बिग्रियो अमानविय घटना भयो भने संरक्षण गर्ने स्थलपत्रकार महासंघ बन्नपुगेको छ । नुवाकोटमात्र होइन, देशैभर यो विकृति बढ्दो छ । मतदानगर्नेलाइनमा ड्राइभर खलासी देखि विभिन्नदलमा आबद्ध कार्यकर्ता, निजामतीकर्मचारी तथाआइएनजिओमा आबद्ध भएकाब्यक्तिहरुकै राज रहेको देखिन्छ । यस्तो बेथिति र विकृतिविरुद्धबोल्ने को हो ?
पत्रकार हुँ भनेर विभिन्न नेतातथाउद्योगपतिहरुसंग बार्गेनिङ्गगर्ने परिपाटी बस्दो छ । यस्ता नकाम त बग्रेल्ती नै छन् । यस्ता नकाम घटनाहरु बिस्तारै बाहिर आएका छन् । सरकारी तथाविभिन्न परियोजनाहरुमाआफ्नो साधनको लागिइन्धनमाग्ने,बार्गेनिङ्गगर्ने तर कुरा नमिलेको अवस्थामाअपमान या दुव्र्यवहार ग¥यो भनेर महासंघले बुझ्दै नबुझि विज्ञप्ति निकालेका प्रसंगहरु पनि थुप्रै छन् ।
महासंघ भनेको पत्रकारहरुको हकअधिकारका लागि बोल्ने संस्था हो, पत्रकारहरुको अभिभावक संस्थाहो । तर हुनचाहिं ठीक उल्टो भइरहेको छ । अवस्था कतिसम्म दुःखदायी छ भने पत्रकारहरुको नाममाआएको तालिममाआफ्ना नातेदार पठाउनेसम्मको प्रचलन छ ।
स्कुलमा हुँदा बेलाबेलाकार्यक्रमहरुमा पत्रकारहरु हातमाक्यामेरा र डायरी बोकेर आउँदाशिक्षकतथाशिक्षिकाहरु सबैले नमस्कार गर्दा ओहो भन्ने शब्दआउथ्यो । सबैले सम्मानका साथबोल्ने गर्दथे । अहिले लाग्छ त्यो बेलाको पत्रकार छवि बेग्लै थियो ।
आज लाग्छ, वास्तविकपत्रकारहरु निकै पछि छन् अनि राजनीतिकदलका फेरो समाउनेहरु दलकै झण्डा बेकेर मैदानमा छन् । जसलाई लेख्नसँगै कुनै नाता छैनउनीहरु पत्रकारका नेताका रुपमा निर्वाचित हुन्छन् भने के भन्नु ? वास्तवमा जब जबपत्रकारका चुनावनजिक आउछ अनिकहिल्यै नसुनिएका, नदेखिएका र नपढिएका नामहरु बरिष्ठ पत्रकारका रुपमाहानाथापगर्ने चलन छ । एउटा गोजीमा राजनीतिक पार्टी सदस्यता र अर्को गोजीमा प्रेस कार्ड बोकेका नेताबाट अनुमोदितपत्रकारहरुको बीच घमासान देखिन्छ ।
आफूलाई पत्रकार भन्ने तर संगठन खोलेर राजनीतिक दलका भातृ संगठनको रुपमाआफूलाई परिचितगरिरहेका छन् धेरैजसो । राजनीतिकदलकानजिकभएकापत्रकारहरु उम्मेदवार भएका छन् भने वास्तविक पत्रकार मतदाता ।
अर्थात् अवस्था दुर्दशाग्रत छ यसर्थ अब पत्रकार महासंघलाई कस्तो संस्था बनाउने भन्ने बारे विमर्श हुनु आवश्यक छ । आफैंसँग प्रश्न गरौं, के ती सबै पत्रकार हुन् जो नेपाल पत्रकार महासंघका सदस्य छन् ? जो नियमित सञ्चारकर्म गरिरहेका छन् उनीहरु कतिपय सदस्य नै छैनन् जो सञ्चारकर्ममा आबद्धता नै छैनन् उनीहरुसंग पे्रस कार्ड छन् ।
यी यावत् विषयमा नवनिर्वाचित कार्यसमितिले विशेष ध्यान दिनुपर्छ, पत्रकार र पत्रकारिताको छवि सुधार्न पत्रकारितामा आबद्धसहित महासंघ पनि पूरा शक्तिले लागि पर्नु पर्छ । साथै यस पुनीत कार्यमा नुवाकोटका पत्रकारहरुको समेत विशेष योगदान हुनु वाञ्छनीय छ ।
लेखक रिना खनाल हुन् । उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न छिन् ।
त्रिशुली खबर साप्ताहिकबाट साभार ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया