धादिङको घाटबेंसीमा यात्रुवाहक हाइस र स्कारपियो ठोक्किंदा ११ जना यात्रु घाइते

विदुर खबर २०७५ साउन १३ गते १५:०९

धादिङ,पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ घाटबेंसीमा आइतबार यात्रुवाहक हाइस र स्कारपियो कार एकापसमा ठोक्किंदा ११ जना यात्रु घाइते भएका छन् ।

Advertisement

बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ज ३००९ नं को हाइस र बा ६ च ३९९१ नं को स्कारपियो कार सडकमा एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेमध्ये पाँच जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र छ जनाको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ ।

Advertisement

प्रतिक्रिया