वेत्रावतिमा दुई दिने आँखा तथा दन्त परिक्षण सम्पन्न
विदुर खबर
२०७८ वैशाख ११ गते ७:०९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतिमा आँखा तथा दन्त परिक्षण शिविर सम्पन्न भएको छ ।
श्री गोसाइकुण्ड युवा क्लबको आयोजना तथा नुवाकोट स्टार अस्पतालको प्राविधिक सहयोगमा आयोजना भएको शिविर बिहिबार र शुक्रवार संचालन भएको थियो ।
शिविरमा विभिन्न उमेर समुहका ३ सय २ जनाले आँखा तथा दाँत सम्बन्धी सेवा प्राप्त गरेका थिए । शिविरमा एकसय ८९ जनाले आँखा परिक्षण गराएका थिए । जसमा २२ जनाको मोतिविन्दुको समस्या देखा परेको छ ।
त्यस्तै स्वास्थ्य शिविरमा एकसय ९१ जनाले दाँत परिक्षण गराएका थिए । जसमध्ये ४६ जनाको समस्याग्रस्त दाँत निकालिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया