नुवाकोटमा ७ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा थप ७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २८ जनाको पिसिआर परिक्षण हुँदा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ४ जना पुरुष र ३ जना महिला रहेका छन् । संक्रमितमध्ये ५ जना विदुर नगरपालिकाका, बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकाका समान एक जना रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार २ सय २६ पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । उनीहरुमध्ये ६६ जना होम आइसोलेसनमा र १० जना अस्पतालमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका २ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगे जिल्लामा कोरोनमुत्त भएर घर फर्कनेको संख्या ११ सय ४९ पुगेको छ ।
नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी
तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने
नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन: बज्राचार्य
नुवाकोट क्रिकेट संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न





प्रतिक्रिया