विदुर नगरपालिकाका २ जना शिक्षकमा कोरोना
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका २ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका वडा नम्बर १, वडा नम्बर २ का शिक्षक र वडा नम्बर ३ को एक विद्यालयको विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन त्रिशूली माविका वडा नम्बर २ मा रहेको भिमसेन माबि र वडा नम्बर ३ को एक विद्यालयको विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो ।
विद्यालय क्षेत्रमा समेत कोभिडको संक्रमण फैलिरहेको अवस्थामा भने विदुर नगरपालिका, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले समेत विद्यालय बन्द गर्ने निर्णय गरेको छैन ।
यस्तै नगरपालिकाका स्वास्थ्यकर्मी, सार्वजनिक कार्यालयका कर्मचारीमा समेत संक्रमण भेटिएको छ ।
विभिन्न जोखिमयुत्त क्षेत्रबाट नुवाकोटमा दैनिक आवत जावत भइरहेकोले समुदाय स्तरमा कोरोना संक्रमण फैलने भन्दै तत्काल विद्यालय बन्द गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया