विदुर नगरपालिकाका २ जना शिक्षकमा कोरोना

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका २ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका वडा नम्बर १, वडा नम्बर २ का शिक्षक र वडा नम्बर ३ को एक विद्यालयको विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन त्रिशूली माविका वडा नम्बर २ मा रहेको भिमसेन माबि र वडा नम्बर ३ को एक विद्यालयको विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो ।
विद्यालय क्षेत्रमा समेत कोभिडको संक्रमण फैलिरहेको अवस्थामा भने विदुर नगरपालिका, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले समेत विद्यालय बन्द गर्ने निर्णय गरेको छैन ।
यस्तै नगरपालिकाका स्वास्थ्यकर्मी, सार्वजनिक कार्यालयका कर्मचारीमा समेत संक्रमण भेटिएको छ ।
विभिन्न जोखिमयुत्त क्षेत्रबाट नुवाकोटमा दैनिक आवत जावत भइरहेकोले समुदाय स्तरमा कोरोना संक्रमण फैलने भन्दै तत्काल विद्यालय बन्द गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया