सिंगटी हाइड्रोको शेयर अर्को साता देखि कारोबारमा आउने

विदुर खबर २०७८ वैशाख ९ गते १७:२५

नुवाकोट । सिंगटी हाइड्रो इनर्जीको शेयर सूचीकण प्रकृया अघि बढेको छ। कम्पनी शेयर सूचीकरणको लागि कागजातहरु सिडिएस एण्ड क्लियरिङ्गमा पुगेको छ।

Advertisement

सिडिएस एण्ड क्लियरिङ्गले सूचीकरणका लागि आवश्यक कागजातहरु प्राप्त भएको जानकारी गराए। सिडिएससीले कम्पनीबाट प्राप्त कागजातहरू अध्ययन गरेर यहि साता भित्रै कम्पनीकाे शेयर, शेयरधनीको डिम्याट खातामा पठाउने तयारी थालेको छ।

कम्पनीको शेयर डिम्याट खातामा आएपछि नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धी सम्झौता हुनेछ। त्यस अनुसार कम्पनीको शेयर अर्को साता नेप्सेमा सूचीकृत भएर त्यहि साता देखि नै कारोबारमा आउने देखिन्छ।

Advertisement

प्रतिक्रिया