नुवाकोटमा थप ९ जना कोरोना संक्रमित भेटिए
नुवाकोट । नुवाकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको पिसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार संक्रमित हुनेमा विदुर नगरपालिकाका ७ जना तथा सुर्यगढी र लिखु गाउँपालिकाका समान एक एक जना रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १२ सय १९ पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ७१ पुगेको कार्यालयको भनाइ रहेको छ । उनीहरुमध्ये ६२ जना होम आइसोलेसनमा र ९ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।
यस्तै नुवाकोटमा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनको संख्या एक हजार एकसय ४७ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
नुवाकोटमा हालसम्म १० हजार ३ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया