नयाँ सरकारको चाबी प्रचण्डको हातमा

विदुर खबर २०७८ वैशाख ९ गते ८:५२

नुवाकोट । प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन ।माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ ।

Advertisement

बुधबार बसेको माओवादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले निर्णय गर्नुहुनेछ, जुन छिट्टै हुन्छ ।’नेकपा माओवादी केन्द्रको समर्थन कायमै रहेकाले केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतमा रहेको छ । एमाले र माओवादी केन्द्रलाई फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले अगल–अलग गर्ने फैसला गरे पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।माओवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय नमानेपछि सांसद पद नै नरहने गरी कारबाही गरेको छ । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेपछि सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन जनता समाजवादी पार्टीसँगको सहकार्य अगाडि बढाउनुभएको छ ।तर, जसपाले औपचारिकरूपमा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको छैन ।पार्टीका अध्यक्ष महन्त ठाकुरसहितका नेताहरू ओलीलाई समर्थन गर्नुपर्ने पक्षमा रहे पनि अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीलाई समर्थन दिन नहुने पक्षमा रहनुभएको छ ।जसपाभित्रको विवाद दिन प्रतिदिन बढ्दै गएको छ । माओवादीले ओली सरकारलाई विस्थापित गर्ने गरी बहुमत संख्या पु¥याएर अविश्वासको प्रस्ताव दर्ता गर्ने परिस्थिति तयार भएपछि मात्र समर्थन फिर्ता लिने नीति लिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच बारम्बार द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि अहिलेसम्म ठोस सहमति निर्माण भइसकेको छैन ।

Advertisement

प्रधानमन्त्रीओलीले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चेतावनी दिँदै आउनुभएको छ । माओवादीले संसद् विघटनविरुद्ध एक ठाउँमा उभिएका विभिन्न राजनीतिक दलको सहभागितामा नयाँ सरकार बनाउने गरी छलफल अगाडि बढाएको छ । जसअनुरूप प्रचण्डले कांग्रेस र जसपाका शीर्ष नेताहरुसँग दैनिकरूपमा नयाँ सरकार गठनको लागि छलफल गर्दै आउनुभएको छ ।

प्रतिक्रिया