नुवाकोटमा एमालेका प्रष्ट दुई गुट देखियो,खतिवडा र मैनाली मैदानमा

विदुर खबर २०७८ वैशाख ८ गते २१:००

नुवाकोट । नुवाकोट । नेकपा (एमाले) नुवाकोटमा प्रष्ट दुई गुट देखिएको छ ।

Advertisement

केन्द्रमा देखिएको केपी शर्मा ओलि अध्यक्ष रहेको एमाले र माधवकुमार नेपाल समुहको समानन्तर कमिटिको असर नुवाकोटमा पनि देखिएको हो । एमालेका तत्कालिन अध्यक्ष नारायणप्रसाद खतिवडाले विहिबार आयोजना गरेको भेलालाई अर्काे अध्यक्ष बद्री मैनालीले गुटको भेला भन्दै सहभागि नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

अध्यक्ष मैनालीले गुटबन्दी नगर्न नारायण खतिवडा समूहलाई चेतावनी दिएका छन् ।
बुधबार अध्यक्ष मैनालीले एक विज्ञप्ति जारी गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफूले कोशिश गरिरहेको तर यही बेलामा गुटको भेला राखिएको भन्दै आपत्ति जनाए ।

Advertisement

उनले समानान्तर गतिबिधले पार्टी एक नहुने भन्दै कसैलाई पनि पार्टीको आधिकारिक भन्दा बाहेकका भेलामा नजान निर्देशन समेत दिएका छन् ।

यस्तो छ मैनालीले जारी गरेको विज्ञप्ती ।

प्रतिक्रिया