पत्रकार महासंघ नुवाकोटको निर्वाचन पुन विवादमा : केन्द्रिय समितिमा उजुरी

विदुर खबर २०७८ वैशाख ८ गते २०:४३

नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटको आज भएको मतदान पुन ःविवादमा परेको छ ।

Advertisement

एक्लौटी रुपमा आफुहरुलाई पुर्व जानकारी नदिइकन मतदान शुरु गराइएको भन्दै अध्यक्षका प्रत्यासी नारायण नेपालले पुन नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यासमितिमा उजुरी दिएका हुन् ।
नेपालले निर्वाचनको समयमा देखिएका विभिन्न त्र्ुटीहरु यथावत राखेर पुनः उमेदवारबीच छलफल÷सहमति नगरार्ई एक पक्षीय रुपमो चुनाव गराएको पाइएकाले निर्वाचनको बैधानिकतामा प्रश्न उठेको भन्दै नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यासमितिमा उजुरी दिएका हुन् ।

नेपालले.जिल्ला कार्यसमितिको सदस्य अन्तरगत महिला, दलित, जनजातीको प्रतिनिधित्व गरिएको सन्दर्भमा नेपाल पत्रकार महासंघको बिधानको परिच्छेद–५, बुदाँ नं. १६ को ‘क’ बिपरित अन्य समावेशी समुदाय भन्दै एक सदस्य उम्मेदवार कायम गराई चुनाव अघि बढाइएको, गत चैत २५ गते भएको निर्वाचन प्रयोजनको लागी २२ गते गरिएको उम्मेदवारी दर्ताको नामावलीमा खुला सदस्य पदमा रबिन दाहालको नाम उल्लेख नभएको तर, अन्तिम नामावली प्रकाशनको दिन चैत २३ गते अन्तिम मतदाता नामावलीमा खुला सदस्य पदमा रबिन दाहालको नाम समावेश गरि उनलाई उम्मेदवारलाई उम्मेदवारी खडा गरेर मतदानमा उम्मेदवारको रुपमा प्रस्तुत गरेको तथा जिल्ला कार्यसमितिको निर्वाचनको लागी खुला सदस्य पदमा नेपाल पत्रकार महासंघको बिधानको परिच्छेद–५, बुदाँ नं. १६ को ‘ख’ बिपरित १०१ देखि २०० सम्म सदस्य भएको भएमा खुला सदस्य ६ पदको लागी चुनाव गराउनुपर्नेमा गत चैत २५ मा सात सदस्य पदमा चुनाव गराइएको र आज गराइएको चुनावमा ६ सदस्य पदमा चुनाव गराइएकाले उक्त सदस्य सङ्ख्या परिवर्तन गराइएको सम्बन्धमा कुनै जानकारी नभएकाले उक्त प्रक्रिया के कती कारणले गरिएको हो सो जानकारी उम्मेदवारलाई नदिएकाले कैफियत देखिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

Advertisement

त्यस्तै निर्वाचन गराउनको लागी गठन भएको निर्वाचन समितिको पदाधिकारीबाटै कफियत र बदमासी भएको र पुनः गराउने निर्वाचनको लागी पनि सोही पदाधिकारी मार्फत बिधान र कानुन विपरितका कार्य मार्फत चुनावी प्रक्रिया अघि बढाएको भन्दै निर्वाचन समितिका सदस्य राम श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिएकाले उक्त निर्वाचन समिति प्रति बैधानिकता उठाइएको र उक्त समितिको कारण यसअघिको निर्वाचन रद्द हुनुमा निर्वाचन समिति मु्ख्य दोषी समेत भएकाले नयाँ निर्वाचन समिति गठन गर्नु आवश्यक देखिएको तथा निर्वाचन समितिका सदस्यको राजीनामा पछि रिक्त रहेको पदमा पदपूर्ति गराउन समेत चासो नदिएकाले उक्त समिति मार्फत गरिएको निर्वाचन बैधानिकता दिन आवश्यक नरहेको उल्लेख गरिएको छ ।

यस्तो छ नेपालले आज दिएको उजुरी पत्रको विवरण

प्रतिक्रिया