सुबिसुको नयाँ वर्ष योजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ : एक लाखसम्मको स्वास्थ बिमा निःशुल्क
विदुर खबर
२०७८ वैशाख ७ गते १०:२६

नुवाकोट । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसर पारेर ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर ल्याएको छ ।
यो योजनामा ग्राहकले एक लाखसम्मको निःशुल्क स्वास्थ बिमा प्राप्त गर्नेछन् । स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने जनाएको छ । सेवा २० एमबीपीएस भन्दा माथिको ब्याण्डविथमा लागु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको छ । यस अफर अन्तर्गत ग्राहकले नेपाल र भारतमा उपचारार्थ एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्ने जनाइएको छ ।
यो योजना सीमित अवधीका लागि रहने र शर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया