नुवाकोटका ६ महिलामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ वैशाख ६ गते १७:४२

नुवाकोट । नुवाकोटका ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ८९ जनाको पिसिआर परिक्षण हुँदा ६ जना महिलासहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

संक्रमितमध्ये ४ महिला विदुर नगरपालिकाका छन् भने २ पुरुष किस्पाड गाउँपालिकाका रहेका छन् । यस्तै एक महिला बेलकोटगढी नगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५३ पुगेको छ ।

Advertisement

सक्रिय संक्रमितमध्ये ५० जना होम आइसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

आज जिल्लामा ७ जना कोरोना संक्रमितको संख्या थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकहजार ९ सय ९९ पुगेको छ । संक्रमितमध्ये एकहजार एकसय ४५ जना निको भएर घर फर्किएका छन् ।

Advertisement

नुवाकोटमा करिव १० हजार जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ । कोभिडका कारण नुवाकोटमा एक महिलाको ज्यान गएको छ ।

प्रतिक्रिया