माथिल्लो तामाकोसीले वैशाखभित्रै विद्युत् उत्पादन सुरु गर्ने

विदुर खबर २०७८ वैशाख ५ गते १६:४६

नुवाकोट । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाखभित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

Advertisement

संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराएका हुन् ।

उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीब्र पारिएको बताए । उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैसाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’ उनका अनुसार जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थपिँदै लगिने छ । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोसीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए ।

Advertisement

प्रतिक्रिया