सुनको मूल्य लगातार बढ्दै, आइतबार पनि तोलामा २०० रुपैयाँ बढ्यो
विदुर खबर
२०७८ वैशाख ५ गते १२:०६
नुवाकोट । सुनको मूल्य तीन दिन यता क्रमिक बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेको असर नेपाली बजारमा परेको व्यवसायीले बताएका छन्।
गत शुक्रबारका तुलनामा सुन तोलामा २ सय रुपैयाँले बढेको छ। आइतबारका लागि कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आइतबार स्थिर छ। अघिल्लो दिनको भन्दा १० रूपैयाँ बढ्दा गत शुक्रबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया