कर्णाली प्रदेश सरकार जोगियो मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

विदुर खबर २०७८ वैशाख ३ गते १७:४१

नुवाकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो ।

Advertisement

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत पाए ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

Advertisement

प्रतिक्रिया