प्रदेश सरकारले रसुवाको टिमुरेमा नयाँ शहर बनाउने,२७ सहरको पूर्वाधार बनाउन २ खर्ब खर्च गर्लान प्रदेशले ?

विदुर खबर २०७५ साउन १३ गते २:१७

नुवाकोट, प्रदेश नं ३ को सरकारले रसुवाको टिमुरे र दोलखा जिरीमा नयाँ शहर बनाउने भएको छ ।  नयाँ सहर बनाउने जिम्मा चालू आर्थिक वर्षबाट प्रदेश सरकारले पाएका छन । सरकारले आव २०६७/६८ बाट र हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा १०/१० वटा, तराई–मधेस क्षेत्रमा पाँचवटा, सुर्खेतको भेरीगंगा र प्युठानको भिङ्गीमा १/१ गरी २७ वटा नयाँ सहर बनाउने गरी ल्याएको योजना सबै प्रदेश मातहत हस्तान्तरण गरेको छ ।

सहरी मन्त्री मोहम्मद इश्तियाक राईले सबै सहर प्रदेश मातहत गएकोले अब यसमा आवश्यक पूर्वाधार र संरचना बनाउने जिम्मा सम्बन्धित प्रदेश सरकारकै भएको जानकारी दिए । नयाँ सहर विकास आयोजनाले व्यवस्थित बस्ती बसाल्ने उद्देश्यले सहित २०७२/७३ देखि अगाडि बढाएको यो सबै योजना साउन १ गतेबाट प्रदेशमा गएको हो । संघीय सरकारले अब यो सहर बनाउन यस अघि भएको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर)को प्रस्ताव, आवश्यक विवरण र थपको ठेक्का तथा आवश्यक कामको जिम्मा पनि प्रदेश सरकारलाई नै दिएको सहरी िविकास मन्त्रालयले जानकारी दिएको छ ।
Advertisement

नयाँ सहर विकास आयोजना कार्यान्वय कार्यालयका प्रमुख पराग कायस्थका अुनसार अनुसार सरकारले एक लाख जनसंख्यालाई सेवा दिने गरी ल्याएको यस योजनाले व्यवस्तिथ बस्ति बसाल्ने र आवश्यक सेवा सुविधा एकै ठाउँमा दिए पुग्ने अवधारणबाट ल्याएको हो । यो योजना कार्यान्वयन भएको अवस्थामा छरिएर रहेको बस्ति एकीकृत हुने र सरकारी सेवा सुविधा प्रदानमा थप सहजता हुने पनि उल्लेख छ । संघीय सरकारले आगामी १५ वर्ष भित्रै विभिन्न स्थानमा २७ वटा नयाँ सहर निर्माण गर्न करिब दुई खर्ब १६ अर्ब रुपैयाँ खर्च गर्र्नुपर्ने उल्लेख गरेको छ । अब यो रकम खर्च गरेर सहर बनाउने जिम्मा प्रदेश सरकारकै भएको छ ।

सरकारले प्रत्येक नयाँ सहरको पूर्वाधारका बनाउन न्युनतम आठ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । नयाँ सहर विकास आयोजना समन्वय कार्यालयका अनुसार नयाँ हालसम्म घोषणा भएका पालुङटार, लुम्बिनी र निजगढमा बनाइने स्मार्ट सिटी बाहेकको सबै पूर्वघोषित नयाँ सहर सम्बन्धित प्रदेशको जिम्मामा पुगेको छ । अब संघीय सरकाले पछिल्लो पटक घोषाणा भएको र चालू आवका लागि कार्यान्वयन गर्नु सुरु भएका विभिन्न ११ वटा हिमाली जिल्लामा १६ वटा नयाँ स्थानमा विकासको काम गर्ने भएको छ । यो सहर भने ‘हिमाली ट्रान्स ट्रायल सहर’ का नाममा रहेको र विभिन्न प्रदेशमा पर्ने भएकोले हाललाई संघीय सरकारले नै अगाडि बढाउन थालेको हो ।

Advertisement

प्रदेश अनुसार घोषणा भएका हिमाली सहरमा प्रदेश १ मा सोलुखुम्बुको लुक्ला, संखुवासभाको नुङ भ्याली र किमाथांका, ताप्लेजुङको फुङलिङ, घुन्सा र ओलाङ्चुङ गोला परेको छ । प्रदेश २ मा तराई मधेशका ५ सहर र हुलाकी राजमार्गका सहर पनि परेका छन् । यसमा पूर्वघोषित सहर नै परेका छन् । पाँच नम्बरमा पनि प्युठानको भिङ्गी रहेको छ । यो पनि पूर्व घोषित सहर नै हुन । नयाँ घोषणा भएको सहरमा ३ नम्बर प्रदेशमा रसुवाको स्याफ्रुबेसी र दोलखाको जिरी रहेको छ । प्रदेश ४ अर्थात गण्डकी प्रदेशमा मुस्ताङको जोमसोङ र कागबेनी, मनाङको चामे रहेको छ । कर्णाली प्रदेशमा हुम्लाको सिमिकोट, मुगुको गमगडी, डोल्पाको दुनै छ भने ७ प्रदेशमा बाजुराको मार्तडी र कोल्टीमा नयाँ सहर बनाउने गरी स्थान छनोट भएको छ ।

प्रतिक्रिया