विदुर नगरपालिकामा थप दुईजना कोरोना संक्रमित भेटिए
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा थप २ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ७४ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित दुबैजना विदुर नगरपालिकाका रहेका छन् । संक्रमित एक महिला र एक पुरुष रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार एकसय ७२ पुगेको छ । संक्रमितमध्ये एकहजार एकसय ४४ जना कोरोना मुत्त भएर घर फर्किएका छन् । संक्रमितमध्ये ७ सय ११ जना मात्रै विदुर नगरापालिकाका रहेका छन् ।
यस्तै नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या २७ पुगेको छ । संक्रिय संक्रमितमध्ये २६ जना होम आइसोलेसनमा र एक जना अस्पतालमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
नुवाकोटमा अहिलेसम्म ९ हजार ७ सय ७७ जनाको पिसिआर परिक्षण गरिएको छ । कोरोनाको कारण नुवाकोटमा एक महिलाको ज्यान गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया